मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मधेस प्रदेशमा गठबन्धन सरकार, कसले कुन मन्त्रालय पाउने ?

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

झापा । मधेस प्रदेशमा ६ दलकाे गठबन्धनले सरकार बनाउन जनमतका सतिश सिंहलाई मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । बुधबारको सदनबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले दिएको समय सीमाभित्र आज केन्द्रका सत्तारुढ ६ दलले मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेस गरेका हुन । 

प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेको माओवादी प्रदेश सांसद युवराज भट्टराई (समीर) ले बताए । 

उनका अनुसार सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसतिह दाबी पेस भएसँगै आजै मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूले शपथ पनि लिनेछन् । 

कुन पार्टीलाई कुन मन्त्रालय ?

सत्तारुढ दलले बिहीबार कुन पार्टीलाई कति मन्त्रालय दिनेसमेत टुंगो लगाएको माओवादीका प्रदेश सांसद भट्टराई बताउँछन् । 

सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एक/एक मन्त्रालय भागबन्डामा परेको छ ।

एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ ।

यसैगरी जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा ऊर्जा र कृषि मन्त्रालय परेको गठबन्धनले जानकारी दिएको छ । 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल सङ्घीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी प्रदेश सांसद भट्टराई बताउँछन् । 

प्रदेश सभाबाट बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले दाबी पेस गर्न आह्वान गरेकी थिइन । सोही समय सीमाभित्र ६ दलले आज दाबी पेस गरेका हुन ।

प्रदेश प्रमुख भण्डारीले गठबन्धनको दाबी बमोजिम आजै जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार