झापा । बैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका झापाका एक युवाको झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको पहलमा उद्दार गरी नेपाल ल्याइएको छ । झापा भद्रपुर नगरपालिका वडा नं. १० चन्द्रगढीका अजित राजवंशी दुबईमा बिरामी भएर थला परे पछि काम गर्न नसक्ने अवस्थामा पुगेका थिए। अजित नेपाल आउन चाहन्थे तर नेपाल फर्किन सम्भव भएन । काम गर्न छोडे पछि पैसा पनि नभएर अलपत्र अवस्थामा पुगेका अजितलाई सांसद शर्माको पहलमा उद्दार गरिएको हो ।
दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिङ्क पठाएपछि, अजितको उद्वारको प्रक्रिया शुरु भएको थियो । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर अजितको जसरी भएपनी उद्वार गर्न आग्रह सहितको निर्देशन दिए पछि जनसम्पर्क समितिले तत्काल अजितको नेपाल फर्किने प्रक्रिया सुरु गरेको थियो ।
कम्पनीको असहयोग, कानुनी र व्यवहारिक जटिलताका कारण करीब एक महिना पछि अजित
हिजो काठमाण्डौ आईपुगे। उनलाई दुबईको एयरपोर्टबाट नेपाली
जनसम्पर्क समिति युएइका अध्यक्ष तिम्सिनाले बिदाइ गगेका थिए भने
काठमाडौको एयरपोर्टमा सांसद शर्माका तर्फबाट नेपाली काँग्रेस झापा १
काठमाडौ सम्पर्क समितिका सभापति प्रज्वल कोइराला सहित समितिका सदस्यहरुले
स्वागत गरेका थिए । अजित आज माघ १८ गते अपरान्ह झापा चन्द्रगढीस्थीत घर
आईपुग्ने बताइएको छ ।