झापा । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मङ्गलबार अन्दाजी .१२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.११ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं.१० बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपाने घाइते भएका थिए । घाइते न्यौपानेलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
बस, बस चालक उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.६ बस्ने अन्दाजी ४२ वर्षीय बिजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।