मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कोशीमा मिलीजुली सरकार बनाउन तयार छाैं : भौतिक योजना मन्त्री कार्की

देश प्रदेश डेस्क 5095+ समाचार ( )
७ अशोज २०८०, आइतबार

झापा कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार रहेको बताएका छन् । शनिबार भद्रपुरमा  आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभालाई बोल्दै मन्त्री कार्कीले ठुलो दलको हैसियतले एमाले नेतृत्वको सरकार कोशीमा बनेको हो ।

'जनताको मताधिकारको रक्षा र स्थायी सरकारका गठनका लागि हामी तयार छौँ,' मन्त्री कार्कीले भने, 'विपक्षी दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँग हातेमालो गरेर  मिलीजुली सरकार बनाउनु नै अहिलेको आवश्यकता हो ।' बहुमत कसैको पुग्दैन । 'त्यसैले मध्यावधि निर्वाचनमा जानुभन्दा पनि जनताको मताधिकार रक्षा गर्नु नै हामी सबैको दायित्व हो,' उनले भने । प्रदेश नामाकंनको विषयमा आन्दोलित पहिचानवादीहरूको बारेमा बोल्दै मन्त्री कार्कीले भने, 'राजनीतिक दलहरूको समर्थनमा संविधान सम्मत दुई तिहाइ बहुमतले कोशी प्रदेशको नामकरण गरिएको सर्वविदितै छ ।'

९४ जातजाति भएको यस प्रदेशमा जातीय आधारमा प्रदेशको नामकरण गर्दा थप जटिलता आउन सक्ने बताउँदै उनले भने, 'पहिचानवादीहरूलाई वार्तामा आएर समस्याको समाधान गर्न आग्रह गर्न चाहन्छु ।' देशका अन्य ६ प्रदेशमा भौगोलिक बनावटको आधारमा प्रदेशको नामकरण गरिएको छ । त्यहाँ कुनै विवाद र समस्या आएन । 'कोशीमा भौगोलिक बनावटको आधारमा नामकरण गर्दा किन विवाद ल्याइयो, यो पनि सबैले बुझ्न जरुरी छ,' उनले थपे । 

संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा संस्थाको कुल पुँजी तथा दायित्व १० करोड ३४ लाख २३ हजार ६ सय २२ रुपैयाँ र नाफा २० लाख १ हजार ५४४ रुपैयाँ रहेको बताएका छन् । संस्थाले २९ जना शेयर सदस्यलाई उपचार खर्च बापत २ लाख ६ हजार ६४० रुपैयाँ र राहत लिने २० जना सदस्यलाई १ लाख ५४ हजार रुपैयाँ वितरण गरिएको उनले बताए ।  कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था र नेपाल निजामती कर्मचारी संगठन झापाले भर्खरै नियुक्त भएका मन्त्री कार्कीलाई जन सेवामा उल्लेखनीय कार्य गरेको भन्दै सम्मान गरेको थियो । 

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईँ, बचत तथा ऋण सहकारी संघका बिपी भट्टराई, कर्मचारी संगठन झापा अध्यक्ष केदार  पोखरेललगायतले मन्तव्य राखेका थिए । अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डिल्ली ढकालले राखेका थिए, भने सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार