मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

अझै दुई महिना डेंगुको जोखिम उच्च

देश प्रदेश डेस्क 5164+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा मनसुन सुरु भएसंगै कोशी प्रदेशबाट सुरु भएको डेंगु देशका ७४ जिल्लामा फैलिएको छ । सुनसरीको धरानमा व्यापक रुपमा डेंगु फैलीँदा उपत्यकामा फाट्ट फुट्ट मात्रै देखिएको थियो । तर लामखुट्टे तथा लार्भा खोज्ने र नष्ठ गर्ने काममालाई ध्यान नदिँदा पछिल्लो समय संक्रमितको संख्या उल्लेख्य मात्रामा बढेको हो । काक्तिक महिनासम्मै पानी पर्ने भएकाले अवको दुई महिनासम्म डेंगुको जोखिम रहेकाले सचेत रहन विज्ञले सुझाव दिएका छन् ।

हाल देशभर करिव १७ हजारको संख्यामा डेंगु संक्रमित रहेका छन् । जसमध्ये ५० प्रतिशत संक्रमित सुनसरीमा रहेका छन् । सरकार तथा स्थानीय निकायले लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई प्रभावकारी गराउन नसक्दा डेंगुको प्रकोप दैनिक रुपमा बढ्दै गएको छ । सुरुमा सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु संक्रमणले अहिले प्रकोपको रुप लिएको छ । सुरुमा छिटपुट देखिएको डेंगु सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो । त्यस्तै सन् २०२२ मा ५५ हजारलाई डेंगीले संक्रमित बनाएको थियो । त्यसबेला ८८ जनाको ज्यान गएको थियो । स्वास्थ्य मन्त्रालयले यो वर्ष डेंगी संक्रमण व्यापक रुपमा फैलन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन घच्घच्याइरहेकोछ । अघिल्लो वर्ष ६६ जिल्लामा सीमित डेंगु यो वर्ष ७४ जिल्लामा फैलिसकेको छ । अझै पानी पर्ने सिजन बाँकी नै रहकोले अबको दुई महिना डेंगुको उच्च जोखिम रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । संक्रमण भैसकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने, जोर्नी दुख्ने र शरीर कमजोर हुने जस्ता लक्षण देखा पर्ने गर्दछन् । डेंगु संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने सरुवारोग विशेषज्ञ डा.  पुन बताउँछन्  ।

डेंगु फैलिन नदिन लामखुट्टे र त्यसको बासस्थान नष्ट गर्नु बाहेकको विकल्प नरहेको विज्ञको भनाई छ । यसका लागि सरकार तथा स्थानीय तहबाट लामखुट्ट् तथा लार्भा खोज र नष्ट गर अधियानलाई प्रभावकारी बनाउनुका साथै व्यक्ति आफैले पनि घर, स्कुल, कार्यालयलगायत सार्वजनिक स्थलमा सफाइ अभियान चलाउन आवश्यक छ । लामखुट्टेको टोकाइबाट बच्न शरीरका सबै भाग ढाक्ने लुगा लगाउन, घर र टोल सफा राख्न विज्ञहरुले सुझाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार