मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


बिलबिजक भएकाे सामान भन्सार बुझाएकाे भन्दै सशस्त्र प्रहरीमाथि व्यापारी आक्राेसित

देश प्रदेश डेस्क 5095+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

झापा ।  बिलबिजक भएको ४८ लाख मूल्य बराबरकाे लत्ताकपडा गोदाममा छापा मारेर लगेको व्यापारीले आरोप लगाएका छन् । झापाको कचनकवल गाउँपालिका–६ बनियानी बजारस्थित ए.के सप्लायर्सले जमनाल मियाँको घर भाडा लिएर पसलको सरसामान सशस्त्र प्रहरीले जबरजस्ती  गोदामबाट  उठाएर लगेको सप्लायर्सका सञ्चालक अरुण साह बानियाले आरोप लगाएका हुन्। 

सोमबार दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेराबारीका डीएसपी प्रभातकुमार गौतम नेतृत्व टोलीले सामान राखिएको मियाँको घर गोदाम घेराउ गरेका थिए। बिलबिजक भएको लत्ताकपडा सशस्त्रले जबरजस्ती लैजान खोज्दा व्यापारीसँग विवाद भएको थियो। व्यापारी साहले राजश्व कर्मचारी नआएसम्म गोदामको ताला नखोल्ने अडान लिएपछि विवाद झन् बढेको थियो। 

 सशस्त्रले आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर्मचारीलाई बोलाए।  त्यसपछि व्यापारी साहले गोदाम ताला खोलिदिए। साहले बिलबिजक देखाएपछि सोही अनुसार राजश्वका कर्मचारीहरूले सामान चेकजाँच गरे। 

बिलबिजक अनुसारको सामान यकिन गर्न नसकेपछि सशस्त्रलाई जिम्मा लगाएर हिँडेको कर अधिकृत तीलक थापा मगरले बताए। बिक्रेताको भ्याट बिल व्यापारीले देखाएपछि बिल अनुसारको सामान मिलाउन समस्या भएकाे उनले जनाए ।

बिलबिजक देखाउँदा देखाउँदै पनि सशस्त्रले जबरजस्ती सामान लगेको व्यापारी साह बताउँछन्।  बनियानी बजारमै कपडाको  खुद्रा र थोक दुवै बिक्री गर्ने गरेकाे उनले बताए । पसलको सामान राख्नलाई गोदाम भाडामा लिएको उनकाे भनाइ छ । गोदाममा अनुज टेड्रिङ्ग एन्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट लत्ताकपडा खरिद गरी ल्याएर भण्डारण गरी राखेकाे उनले बताए  ।  दुवै बिक्रेताको भ्याट बिल देखाउँदा पनि सशस्त्रले  अन्याय गरेको उनले बताए।


बिलबिजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको जानकारी पाएपछि उनी रूष्ट बनेका छन् ।  सशस्त्रका डीएसपी गौतमले सबै सामान उल्लेखित भ्याट बिलको ओसी लगेको उनको दाबी छ। भन्सारमा बिल बिनाको सामान बुझाएपछि डीएसपी गौतमले लगेको बिल कहाँ गयो  उनले प्रश्न गरेका छन् ।

सशस्त्रले भारतबाट अवैध रूपमा चोरी तस्करी गरी लुकाइछिपाई गोदाममा राखिएको भन्दै २३ पोका कपडा ४८ लाख १८ हजार ७०० मूल्य तोकेर सोमबार नै मेची भन्सार बुझाइसकेको छ।  सशस्त्रले बेवारिसे अवस्थामा भेटिएको भनी सामान भन्सार बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए।  सशस्त्रले बिलबिजक भने भन्सार नबुझाएको उनले जानकारी दिए । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी सर बिदाबाट कार्यालय आएपछि मात्र त्यस बारेमा थप अनुसन्धान  हुने उनकाे भनाइ छ ।


यता सशस्त्र प्रहरी बल नेपाल गण २ झापाका डिएसपी दिनेश कटवालले अवैध रूपमा भण्डारण गरिएकाे भन्ने जानकारी पाएपछि बरामद गरिएकाे बताउँछन् ।  बिलबिजककाे विषयमा जानकारी नभएकाे उनकाे भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार