मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

अर्जुनधारामा दर्जन बढी गाडी तोडफोड गर्ने लिम्बू र चौधरीलाई मुद्दा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार
झापा युवा संघले झापाको अर्जुनधारामा गरेको कार्यक्रममा सवारी तोडफोडमा सम्लग्न मध्येका दुई जनालाई पक्राउ गर्दै प्रहरीले उपद्रवमा मुद्दा दायर गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थन गर्दै एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उनीहरूले सवारी तोडफोड गरेको प्रहरीको आरोप छ । तोडफोडमा सम्लग्न भएको भन्दै प्रहरीले विक्रम लिम्बूलाई गत विहीवार नै पक्राउ गरेको थियो भने अर्का आरोपी विजय चौधरीलाई मङ्गलवार पक्राउ गरी जिल्ला अदालत झापाबाट म्याद थप गर्दै अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । पक्राउ पर्ने दुवै प्रसाईँका समर्थक रहेको बताइएको छ ।

पक्राउ परेका मध्ये चौधरीले बिर्तामोडमा आफैँ पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए । १३ वटा चार चक्के र ८ वटा दुई चक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कारबाही गर्नुपर्ने पीडितहरूले उजुरी दिएपछि लिम्बु र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४को परिच्छेद–२६ मा रहेको आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर अन्तरगत मुद्दा चलाएको जनाएको छ । उपद्रव कसुरमा कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले हूल हुज्जत गरी वा नगरी अनिधाकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै