साकेतिक तस्वीर
एजेन्सी । बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बंगलादेशको ढाकास्थित एउटा भवनमा आगलागी भएपछि उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।
सहरको
मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल
कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो
। पछि भवनभरि नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो
भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल पसलहरू पनि रहेका छन् । आगलागी
नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका
छन् ।