मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

आज राष्ट्रिय भक्का दिवस मनाइदैः झापामा विवाद

देश प्रदेश डेस्क 5084+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा / आज राष्ट्रिय भक्का (भाक्का) दिवस मनाइदै छ । आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाक्का) लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ । 

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको छ । 

पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन पनि छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।

कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।

झापामा भने विवाद भएकाे छ ।

शुरुवात ताका कोचिला गाभुर फ्रन्टको व्यानरमा भाक्का दिवस मनाउन शुरु गरेका अभय राजवंशीले पछिल्लो केही वर्षदेखि राजवंशी समाज विकास समितिको व्यानरमा पुष २९ गते सो दिवस मनाउँदै आएका छन् । विगतका वर्षहरुझै यस वर्ष पनि उनले बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा नवौ राष्ट्रिय भाक्का दिवस आयोजना गरिरहँदा अर्को समितिले राजवंशी समाज विकास समितिको नाममा कार्यक्रम नगर्न चेतावनी दिएको छ । भर्खरै झापा जिल्ला अदालतले आफूहरुको समितिलाई आधिकारिकता प्रदान गरेकाले राजवंशी समाज विकास समितिको नाममा अनाधिकृत रुपमा कार्यक्रम नगर्न आग्रह गरिएको सुवन्त नेतृत्व समितिका जिल्ला अध्यक्ष उत्तम राजवंशीले बताए ।

सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले जिल्ला प्रशासन कार्यालयले अनाधिकृत रुपमा भाक्का दिवस नमनाउन अभय राजवंशीको समितिलाई आदेश दिएको बताउँदै कानुन हातमा लिएर कार्यक्रम गर्नु उचित नहुने चेतावनी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले समेत कार्यक्रम रद्ध गर्न आदेश दिएको जानकारी दिए । जिल्ला समिति मोरङका सचिव रुपेश राजवंशीले कोचिला गाभुर फ्रन्टकै व्यानरमा भाक्का दिवस मनाउँदा आफूहरुलाई आपत्ति नहुने बताए ।

उता अभय राजवंशीले आफूहरुको कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जनाउँदै भाक्का दिवस गरेरै छाड्ने प्रतिक्रिया दिएका छन् । राजवंशी समाज विकास समितिको आधिकारितामाथि दावी गर्दै आएका उनले विगतको भन्दा अझ भव्य रुपले कार्यक्रम गर्न लागेको जानकारी दिए । संस्थाको आधिकारिकता विवादसंगै दुईवटा समानान्तर समितिले भाक्का दिवसको गरिमामाथि समेत प्रहार गर्नु समुदायको अस्तित्वको लागि चिन्ताको विषय भएको बिर्तामोडका राम राजवंशी बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार