झापा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन् ।
लामीछानेले शुक्रबार कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भेटवार्ता गरेका थिए । भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रशासनले खबर गरे पश्चात सभापति लामिछाने कारागार फर्किन तयार भएकाे जानकारी गराएका हुन् ।
यस अघि जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भीडले बाहिर ल्याएका थिए भने लामिछाने चाँहि कानुनी प्रकृया पूरा गरेर कारागार मुक्त भएकाे सामाजिक सञ्जालमा भिडियाे सार्वजानिक गरेका थिए। तर, उनी पुनः कानूनी प्रक्रिया अनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पारेका छन्।
जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबारे जानकारी गराउने बताएका छन्।