मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

ससुरालीमै श्रीमानले गरे श्रीमतीको हत्या, सासु र छिमेकी घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

                                                                                                                         साङ्केतिक तस्वीर

झापा गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

तुम्वेवा–४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमकतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राति ८ बजे घरायसी विवाद ससुराली घरमा मिलाउन छलफल भइरहेका बखत कुरुम्बाङले श्रीमती, सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी रहेको छ । कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।२०७६ जेठ ५ गते मिक्लाजुङ–३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार