मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना

भेषराज नेपाल 128+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

झापा /  रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा फसेका तथा सम्पर्कविहीन भएका विदेशी पर्यटकको उद्धार तीव्र पारिएको छ। पछिल्लो विवरणअनुसार विभिन्न देशका ११७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, संयुक्त राज्य अमेरिकाका २ र इटलीका २ जना छन्।

यसअघि बिहीबार दिउँसोसम्म रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी नागरिकको उद्धार गरिएको विवरण सार्वजनिक भएको थियो। त्यतिबेला उद्धार गरिएकामध्ये ११ भारतीय, ८ चिनियाँ, ४ दक्षिण कोरियाली, २ इटालियन र २ अमेरिकी नागरिक रहेको जनाइएको थियो।

सेनाको हेलिकप्टरबाट पनि उद्धार जारी

बाढी प्रभावित रसुवाको टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गरिरहेको छ। पछिल्लो सेनाको विवरणअनुसार ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनालाई हवाई उद्धार गरिएको छ। उद्धार, खोजी, घाइतेको उपचार तथा राहत वितरणका लागि नेपाली सेनाका करिब ४ हजार सैनिक परिचालन गरिएको छ।

यसअघि टिमुरेबाट सेनाको उद्धार टोलीले १०५ जनालाई सुरक्षित स्थानमा निकालेको थियो। तीमध्ये ६ जना विदेशी पर्यटक थिए।

अझै सयौँ विदेशी सम्पर्कविहीन

उद्धार अभियान जारी रहे पनि रसुवा बाढीपछि ठूलो संख्यामा विदेशी नागरिक सम्पर्कविहीन छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता/सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको थियो। तीमध्ये भारतका १७८, चीनका १००, अमेरिकाका ६५ र युक्रेनका ५३ जना छन्।

पछिल्लो खोज तथा उद्धार अभियानसँगै सम्पर्कविहीनको संख्या परिवर्तन हुन सक्ने भएकाले विभिन्न निकायले सार्वजनिक गरेका तथ्यांकमा केही फरक देखिएको छ।

पर्यटकको खोजी तथा उद्धारलाई प्राथमिकता

बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसी, भोटेकोशी क्षेत्रलगायत स्थानमा ठूलो क्षति पुगेको छ। सडक तथा पुल बग्नुका साथै सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायले विदेशी तथा नेपाली नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

नेपाल पर्यटन बोर्डले बाढी प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिक वा उनीहरूका परिवारलाई आवश्यक जानकारी तथा सहयोगका लागि टोल फ्री १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

उद्धार अभियान जारी रहेकाले विदेशी नागरिकको संख्या अझै बढ्न सक्ने पर्यटन बोर्डले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार