मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

२०८४ को चुनावमा एमालेले एकलौटी जित्छ : अध्यक्ष ओली

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ कार्तिक २०८०, सोमबार

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा एकलौटी जित्ने दाबी गरेका छन् । उनले पार्टीले तोकेको मिसन २०८४ पुरा गर्न जोड दिएर लाग्न आग्रह गरे । 

‘८४ मा एमालेले एकलौटी गर्छ । जनताको मन जितेर एमालेका प्रतिनिधिलाई अत्यधिक मतले जिताउँछन्,’ उनले भने, ‘बुथ कब्जा गरेर होइन, अनुशासित भएर जित्छौँ, जिताउँछौँ ।’ 

एमाले गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई शपथ गराउँदै उनले एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाएर चुनाव लड्दा पार्टी कमजोर हुनसक्ने बताए । ‘तपाईंहरु प्यानल बनाएर चुनाव लड्नुभयो । केही प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भो, त्यहाँ डेमोक्रेसी नभएको होइन । यो बिचारहरू बीचको प्रतिस्पर्धा होइन,’ उनले भने,‘तपाईंहरुको प्रतिशपर्धामा जुन स्वच्छता चाहिएको थियो, त्यो पूरा भएन ।’ 

उनले एकतामा जोड दिन आग्रह गरे । ‘मान्छेको दिमागमा घमण्ड पस्यो भने अरु केही पस्नै दिँदैन । मन्छेको पतन अहंकारबाटै हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार