मुख्य समाचार
भद्रपुरमा वैदिक सनातन समितिद्वारा विश्वकर्मा पूजा | कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी | जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा |

जेनजी आन्दोलनका घाइते आमरण अनशनमा

देश प्रदेश डेस्क 5455+ समाचार ( )
१ अशोज २०८३, बिहीबार

झापाको बिर्तामोडमा जेनजी आन्दोलनका घाइतेहरूले विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन् । आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने भन्दै आमरण अनशन थालेका हुन् ।

दनुवारको अनशनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि सहभागी भएका छन् । उनीहरूले घाइतेहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने र हालसम्म उपचारमा भएको खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, घाइतेहरूलाई उचित क्षतिपूर्ति र दीर्घकालीन जीवनयापनको व्यवस्था गर्नुपर्ने, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने माग उनीहरूको छ ।

अनशनकारीहरूले सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुटको व्यवस्था गर्नुपर्ने तथा घाइते र सहिद परिवारका माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने पनि माग गरेका छन् ।

जेनजी आन्दोलनलाई कुनै दललाई बहुमतको सरकार बनाउनका लागि मात्र प्रयोग गरिएको जस्तो देखिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूका अनुसार झापामा जेनजी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भएका छन् । तर हालसम्म ४३ जनाले मात्रै घाइते परिचयपत्र पाएका छन् । घाइते सबैलाई राज्यले पहिचान गरी उपचार, क्षतिपूर्ति र दीर्घकालीन पुनः स्थापनाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार