मुख्य समाचार
भद्रपुरमा वैदिक सनातन समितिद्वारा विश्वकर्मा पूजा | कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी | जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा |

पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ?

भेषराज नेपाल 148+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

झापा / पशुमा लाग्ने खोरेत रोग अर्थात् फुट एन्ड माउथ डिजिज (एफएमडी) अत्यन्त छिटो फैलिने भाइरसजन्य सरुवा रोग हो। यसले मुख्यगरी गाई, भैँसी, बाख्रा, भेडा, सुँगुरलगायत खुर चिरेका पशुलाई असर गर्छ। रोगका कारण दूध उत्पादन घट्नुका साथै पशु कमजोर हुने र विशेषगरी साना पशुमा गम्भीर असर पर्न सक्छ।

खोरेत लागेपछि पशुलाई ज्वरो आउने, मुख, जिब्रो तथा गिजामा फोका आउने, खुट्टाको कापमा घाउ हुने, हिँड्न गाह्रो हुने र दूध दिने पशुको थुनमा समेत फोका वा घाउ देखिन सक्ने लक्षण देखिन्छन्।

रोग अत्यन्त संक्रामक भएकाले संक्रमित पशुको प्रत्यक्ष सम्पर्क, लसपस, मानिस तथा उपकरणमार्फत समेत अन्य पशुमा फैलिन सक्छ। त्यसैले एउटा पशुमा लक्षण देखिएपछि त्यसलाई अन्य पशुबाट तत्काल अलग राख्नु महत्वपूर्ण हुन्छ।

खोरेतबाट पशुलाई जोगाउने सबैभन्दा महत्वपूर्ण उपाय नियमित खोप हो। नेपालमा खोरेत नियन्त्रणका लागि राष्ट्रियस्तरमै खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ र निरन्तर खोपलाई रोग नियन्त्रणको महत्वपूर्ण उपाय मानिएको छ।

पशुपालकले आफ्नो क्षेत्रमा सञ्चालन हुने खोरेतविरुद्धको खोप अभियानमा पशुलाई अनिवार्य सहभागी गराउन, गोठ सफा राख्न, बाहिरबाट ल्याइएका पशुलाई तत्काल पुराना पशुसँग नमिसाउन र बिरामी पशुलाई अलग राख्नुपर्छ। पशु ओसारपसार गर्दा पनि रोगको जोखिमलाई ध्यान दिन आवश्यक हुन्छ।

खोरेतको शंका लागेमा आफैं औषधि प्रयोग गर्नुको सट्टा नजिकको पशु सेवा कार्यालय वा पशु चिकित्सकलाई तत्काल जानकारी गराउन पशुपालकलाई आग्रह गरिएको छ। नेपालमा खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशालाले खोरेत रोगको निदान तथा निगरानीसम्बन्धी काम गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार