मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


चार महिनाको पिछा गरेर सात जना सुन कारोबार गर्ने पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

झापा  नेपाल प्रहरीले चार महिनाको पिछा गरेर सात जना सुन कारोबार गर्ने तस्करीलाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सात व्यवसायीलाई  सार्वजनिक गर्दै १ किलो ७६८ दशमलव २५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित  तस्करीलाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको हो।


उक्त समूहलाई बिहीबार राति काठमाडौं महानगरपालिका वडा नम्बर २४ धुछेन्नीबाट पक्राउ गरिएको हो । चार जना नेपाली र तीन जना भारतीय नागरिकलाई प्रहरीले सुन कारोबार आरोपमा नियन्त्रणमा लिएको हो।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू, २१ वर्षीय आयुष बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमोल बिभुते, १८ वर्षीय ऋषिकेशप्रकाश बिभुते, १८ वर्षीय गणेशसतिश बाल्टे, झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको अनुसन्धानमा खटिएकी डिएसपी सुरक्षा केसीका अनुसार सुन कारोबारीहरूलाई फरक-फरक घरबाट नियन्त्रणमा लिइएको हो। गणेशदत्त, ऋषिकेशप्रकाश, अमोल, दिनेश, गणेशलाई एक घरबाट र भरतराज तथा आयुषलाई फरक घरबाट पक्राउ परेका हुन्। 

उनीहरूमध्ये पाँच जनाको साथबाट एक हजार २.४ ग्राम सुन र एक करोड २६ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। साथै पक्राउ परेका दुई जनाको साथबाट सात सय ६६.२५ ग्राम सुन र १७ लाख रूपैयाँ बरामद भएको हो।

डिएसपी केसीले भनिन्, "अवैध सुन कारोवारको सूचना पाएपछि म लगायत दुई जना इन्स्पेक्टरले यो समूहको पिछा गरेका थियाै‌ं  उनीहरूलाई पक्राउ गर्न  प्रमाण जुटाउन पर्खिरहेका थियाैं, बिहिबार सून कारोबार हुने सूचना पाएपछि लाेकेसन अनुसार त्यस ठाउँमा पुग्यौं। एक घरमा कोठा भाडामा लिएर सुन कारोबार गर्ने गरेको भेटियो। त्यहाँबाट पाँच जना र अर्को घरबाट दुई जनालाई नियन्त्रणमा लिन सफल भयाैं।"

सुन कारोबारका मुख्य अभियुक्त गणेशदत्त रहेको प्रहरीको दाबी छ। घटनामा संलग्न रहेका चार जना नेपाली नागरिक भने गणेशदत्तकै आफन्त रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गणेशदत्त लामो समयदेखि अवैध सुन कारोबारमा संलग्न रहेको देखिन्छ। यसअघि २०७४ भदौ १९ गते काठमाडौं धोबीचौरबाट बरामद भएको ८८ किलो सुन प्रकरणमा पनि उनी पक्राउ परेका थिए।

त्यसबेला छुटेका उनी पुन: सुन कारोबारमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। 'त्यतिबेला पक्राउ परेर पनि उनी छुटेका रहेछन्। कसरी छुटे भन्ने बुझ्ने काम भइरहेको छ, त्यसपछि पनि उनी सुनको अवैध कारोबारमा लागेको देखिन्छ,' उनले भनिन्।

गणेशदत्तले सुनको कारोबारका लागि छोरा र आफन्त प्रयोग गरेको खुलेको छ। बिहीबार पक्राउ परेका २१ वर्षीय आयुष उनकै छोरा रहेको प्रहरीको भनाइ छ। आयुष अन्यत्र कुनै जागिर नखाई सुन कारोबारमै संलग्न रहेको दाबी प्रहरीको छ।

भरतराज र दिनेश भने गणेशका साढुदाइका छोरा रहेको प्रहरीको भनाइ छ।

'विश्वासका लागि उनले आफ्नै परिवार र आफन्तलाई आबद्ध गराएको भन्ने बताएका छन्। यसबारेमा सम्बन्धित परिवारका अन्य सदस्य पनि जानकार रहेको हाम्रो आकलन छ,' उनले भनिन्। 

डिएसपी केसीका अनुसार काठमाडौंको बाफलमा गणेशको घर छ। तर सुन कारोबार गर्न उनले भाडामा कोठा लिएका थिए। प्रहरीसँगको बयानमा उनले पहिला आफू सुन पसलमा काम गर्ने गरेको बताएका छन्।

कोराना महामारी मत्थर हुन थालेपछि आफू सुन कारोबारमा लागेको गणेशदत्तले प्रहरीसँग भनेका छन्। पक्राउ परेका तीन जना भारतीय नागरिक सुन किन्ने पक्षका रहेको प्रहरीको भनाइ छ। उनीहरू पनि कोटेश्वरमा लामो समयदेखि भाडामा बस्दै आएको भन्ने खुलेको उनले जानकारी दिइन्।

गणेशले चीनबाट अवैध रूपमा सुन ल्याउने र यहाँका व्यवसायीलाई बेच्ने गरेको पाइएको छ। प्रहरीले यस कारोबारमा संलग्नबारे अनुसन्धान भइरहेको बताए। 'अब कहाँ-कहाँ कनेक्सन छ भनेर अनुसन्धान हुने काम भइरहेको छ,’ उनले भने।

उनीहरूलाई थप अनुसन्धानका लागि शुक्रबार नै राजश्व विभाग कार्यालयमा बुझाइएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार