मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापासहित तीन जिल्लामा टाइमकार्ड लागु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

झापा   झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु भएकाे छ  ।

शनिबार  बिहान मेचीनगरको काँकडभिट्टामा एक कार्यक्रममार्फत झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले टाइमकार्डको शुभारम्भ गरे । मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा , मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गरिएकाे हाे ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । तोकिएको समयअनुसार चलाए नचलाएको जाँच गर्न पूर्वबाट जाने सवारीसाधनलाई झापाका तीन ठाउँमा चेकिङ हुने भएको छ । पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकडभिट्टा , बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको तारावारी , लक्ष्मीपुर र काँकडभिट्टामा चेकिङ हुने प्रहरी निरीक्षक पौडेलले बताए ।

टाइमकार्डअनुसार काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।

झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको छ । गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको थिएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार