मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु: सभामुख घिमिरे

देश प्रदेश डेस्क 5095+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

झापा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन्।

झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताएका छन्। 

उनले परिबन्धमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज गर्न नमिल्ने धारणा राखेका छन्। सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रुपान्तरणमा लगाउन आग्रह गरेका छन्। 

“मुलुकमा राम्रा र सुविधा सम्पन्न बन्दी गृह बनाउनुभन्दा कोही पनि बन्दी बनेर आउने परिस्थिति सृजना हुन नदिने वातावरण बनाउनुपर्छ”, उनले भने, “अपराध गर्ने मनोवृत्ति नियन्त्रण गर्नुपर्छ, पूर्वाग्रह र जालसाजबाट जो कोहीलाई पनि फसाउने वातावरण बन्नु हुँदैन । त्यसो भए जेल नै चाहिँदैन ।” उनले कैदीबन्दीको विविध समस्या सुधारका लागि आफूले कोसिस गर्ने आश्वासन दिएका छन्। 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख मोहनलाल पनेरुले बताए। उनका अनुसार एक हजार पाँच सय २७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६ सय २१ जना कैदीबन्दी कारागारमा छन्। 

उनले विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सयजना कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहर–मैला व्यवस्थापनमा समस्या बढिरहेको बताए। 

बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक ८० र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बताएका छन्। उनले कारागारमा बन्दी जीवन बिताइरहेकाहरुका लागि सीप सिकाउने, खेलहरु खेलाउने, अध्ययन अध्यापनमा रुचि जोगाउनेलगायत नमूना कार्यहरु गर्दै आएको बताए।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्वसदस्य वसन्त बानियाँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतलाई बन्दी पुस्तकालयलाई सहयोग गरेबापत सम्मान गरिएको थियो। ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार