मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

कालीमन्दिर टोल विकास संस्थाद्धारा २० पिन्ट रगत सङ्कलन

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

झापा मन्दिरको १३ आँेै बार्षिक साधारणसभाको अबसर पारेर कालीमन्दिर टोल विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुर ७ मा रहेको पातालकाली भगवती मन्दिरको शनिबार सम्पन्न कार्यक्रममा दुई महिलासहित २० जनाले रक्तदान गरेका थिए ।
मन्दिर समितिका अध्यक्ष जीवनमणि लम्सालको सभापतित्व एवम भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले मन्दिरको भौतिक निर्माणमा पहल गर्ने बताए ।

समितिका अध्यक्ष लम्सालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बासुदेव नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 कालीमन्दिर टोल विकास संस्थाका अध्यक्ष हुतराज उत्तम नेपालले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जेष्ठ नागरिक मानबहादुर विश्वकर्मा र हेमकुमारी पोखरेललाई सम्मान गरिएको थियो ।
 कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष अभिषेक ढुङ्गाना, नवदुर्गा मन्दिरका अध्यक्ष यादवप्रसाद पोखरेल, पण्डीत निलमणि नेपाल लगायतले मन्तव्य राखेका थिए ।

समितिका सचिव मात्रिका तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ,रक्त सञ्चार सेवा भद्रपुरको प्राविधिक सहयोगमा रक्तदान भएको थियो ।

 कार्यक्रममा फलफूल पानी,जुस लगायतको सामग्री भद्रपुर मारवाडी महिला मञ्चले सौजन्य गरेको थियो । मञ्चकी अध्यक्ष निलम गोयलको नेतृत्वमा आएको समूहले सामाजिक क्षेत्रमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार