मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झापामा युवक मृत्यु प्रकरण
झापामा युवक मृत्यु प्रकरण : चार जना पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

झापा करिब तीन साताअघि झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक युवकको मृत्यु भएको घटना सम्बन्धमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गत भदौ १९ गते बुद्धशान्ति-१ स्थित कुलोमा डुबिरहेको अवस्थामा बुद्ध शान्ति गाउँपालिका- २ निवासी १९ वर्षीय मनोज तामाङ भेटिएका थिए । उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सो घटना सम्बन्धमा मृतक मनोजसँगै पौडी खेल्न गएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा १९ वर्षीय सन्देश परियार , सोही उमेरका रोशन मगर , उनका भाइ १८ वर्षीय सुजन मगर र १९ वर्षीय प्रशन सिवा रहेका छन् । मृतकका बुवा तीर्थ तामाङले पाँच दिनअघि उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी ल्याएर उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए । उनले पोस्टमार्टम रिपोर्टमा कारण नखुलेपछि भिसेराका लागि काठमाडौँ पठाएको जानकारी दिए ।

पाँच जनासँगै नुहाउन गएकोमा तामाङ नुहाएको ठाउँभन्दा ५ सय मिटर दक्षिण भेटिएका थिए । उनको शरीरमा विभिन्न चोट देखिएको मृतकका बुवा तीर्थ तामाङले बताए । ‘कुलोमा पानी नभएको अवस्थामा कसरी बगेर ५ सय मिटर दक्षिण पुग्यो ’उनले भने ,‘ डुब्दा पानी खानु पर्थ्यो त्यो पनि पाइएन ।’ सँगै नुहाउन गएका साथीहरूले आफ्नो छोरा घटनामा पर्दा जानकारी नगराएको तामाङको दुखेसो छ ।

मृतक परिवारले जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भिसेरा रिपोर्ट आएपछि घटनाको कारण खुल्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै