साङ्केतिक तस्वीर
झापा । माेटर साइकलकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा गाउँपालिका ४ मङलबारेका ५५ वर्षिय शम्भु कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
शरणामतीबाट कुमरखाेद तर्फ जाँदै गरेकाे मे ३ प ५९२१ नम्बरकाे माेटरसाइकलले मङगलबार विहान ६ बजे ठक्कर दिइ घाइते बनाएकाे जिल्लाका इन्स्पेक्टर ढुण्डीराज गिरीले जानकारी दिए । घटनापछि उपचारका लागि अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत्यु भएकाे पुष्टी गरेकाे उनले जनाए ।
घटनामा संलग्न माेटरसाइकलसिहत साेही पालिका १ का माेटरसाइकल चालक ४५ वर्षिय पदमबहादुर राजवंशीलाइ इलाका प्रहरी कार्यालय कुमरखाेदले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।