मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

एमाले नेता योगेश भट्टराई चढेको गाडी तोडफोड

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

झापा नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा पहिचान पक्षधरद्वारा तोडफोड भएको छ।ताप्लेजुङवाट काठमाडौँ फर्कने क्रममा फुङलिङ-४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए। सोही क्रममा भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको भट्टराईको गाडी मात्रै फुटेको र मानवीय क्षति नभएको एमालेले जनाएको छ।

यसअघि मध्याह्नमा एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडपसमेत भएको थियो भने भट्टराईको निवाससामु प्रदर्शन समेत गरेका थिए। दशैँं, तिहार, छठ, नेपाल संवत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरू उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङबोले चियापान कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रमबाट चियापान सकेर फर्कने क्रममा आक्रमण भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले शुभकामना कार्यक्रम राम्रोसँग सम्पन्न भएको र कार्यक्रम सकेर फर्किने क्रममा ५–६ जनाको समूहबाट एकजनाले ढुंगा प्रहार गरेको जानकारी दिए।

‘कार्यक्रम राम्रोसँग भएको थियो, पहिचानवादी पक्षधरले विरोध कोणसभा गर्नुभएको थियो, त्यो सकेर उहाँहरू गइसक्नुभएको थियो’, उनले घटनाको जानकारी दिँदै भने, ‘कार्यक्रम सकिएपछि ताप्लेजुङबाट निस्किने क्रममा फुङलिङ बजारमा ५–६ जनाको समूहबाट एकजनाले ढुंगा हान्यो, ढुंगाले गाडीको सिसा फुट्यो त्यस्तो ठूलो मानवीय क्षति भएको छैन।’

ढुंगा हान्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरिक्षक लुङ्गेलीले बताए। फागुन १७ गतेदेखि प्रदेश १ ले कोशी नाम पाएसँगै यति वेला प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार