मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

भाेलि विर्तामाेडमा राप्रपाले शक्ति पदर्शन गर्ने

देश प्रदेश डेस्क 5189+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

राजा, राजनीतिक दल र जेनजीबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको विर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

देशमा अहिले ध्रुवीकरण तिव्र रुपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरुका बीचमा छिट्टै फैसला हुने समेत बताए ।

तुलनात्मक रुपमा राप्रपाको बलियो संगठन झापामा भएको हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन् ।बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्नेछन् ।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार