मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

जलथलमा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापामा जंगली हात्तीको आक्रमणबाट वन चौकीदारको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–३ निवासी ४० वर्षीय धनबहादुर बन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक दुण्डीराज गिरीले जानकारी दिए ।

मृतक बन रणकाली सामुदायिक वन जलथलका चौकीदार हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरी निरीक्षक गिरीले बताए ।उनको शव स्थानीयले बिहान १० बजेर ५० मिनेटमा देखेपछि तत्काल प्रहरी चौकी जलथललाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार