मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

हल्दीबारीमा सवारी दुर्घटना अपडेट
हल्दीबारीमा पिकअप गाडीले ठक्कर दिँदा माेटरसाइकलमा सवार प्रसाई र कार्कीकाे मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा झापाको हल्दीबारी  गाउँपालिका वडा नम्वर ५ सोडागान्धी चोकस्थित हुलाकीमार्गमा पिकअपको ठक्करबाट मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ ।

मृत्यु हुने झापा हल्दीबारी ५ बस्ने अन्दाजी ३१ वर्षीय प्रेम प्रसाई र सुनसरी बराहक्षेत्र –१० प्रकाशपुर बस्ने २१ वर्षीय डिकेश कार्की भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्की मृतक प्रेम प्रसाईका सालाे धनबहादुर कार्कीका छोरा हुन् ।

आज साँझ ७.१५ बजे हुलाकी मार्गमा राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका प्रसाई र कार्की गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ८ वजे चिकित्सकले मृत घोषणा गरेका थिए । पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका वडा नम्वर २ वस्ने ३७ वर्षीय दिपेन राई  जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार