मुख्य समाचार
बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद | एक अर्ब ५७ करोडको हुण्डी कारोबारको आशंका, विराटनगरका दुई जना पक्राउ | भद्रपुरमा वैदिक सनातन समितिद्वारा विश्वकर्मा पूजा | कोशी सरकारबाट छनोट भएका स्टार्टअप उद्यमीले पाएनन् बिउ पूँजी | जेनजी आन्दोलनका घाइते आमरण अनशनमा | डेटिङमा गएका नेपाली युवक र अमेरिकी युवती दिघलबैंकमा पक्राउ | पशुमा लाग्ने खोरेत रोग के हो ? कसरी बचाउने ? | कोशीमा वर्षा थपिने संकेत, केही स्थानमा भारी वर्षाको चेतावनी | कोशीमा ११ करोडको काठ थन्कियो, सरकारी मूल्यले बिक्रीमा समस्या | बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह |

एक अर्ब ५७ करोडको हुण्डी कारोबारको आशंका, विराटनगरका दुई जना पक्राउ

देश प्रदेश डेस्क 5457+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा विराटनगरका दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारमाथि विश्लेषण तथा अनुसन्धान गरिएको थियो। त्यस क्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत ठूलो रकमको कारोबार भएको देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा रु. १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीको माध्यमबाट कारोबार भएको देखिएको जनाएको छ।

यस प्रकरणमा मोरङको विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साहविराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय सुरज प्रसाद साह पक्राउ परेका छन्।

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २०८३ साल असोज १ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार