मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

झापामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल रहेका छन् । हिजो दिउँसो १.१५ बजे हिमाली राजमार्गअन्तर्गत बाह्रदशी गाउँपालिका–३ रामनगरमा घोडामाराबाट राजगढतर्फ आउँदै गरेका साइकलयात्री पौडेललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९ प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति ८ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । सामान्य अवस्थाका गणेशको बिर्तासिटी अस्पतालमै उपचार भइरहेको छ ।

मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय राजगढले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै