मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

राहतकाे पर्खाइमा झापाका ३ सय २१ हात्तीपीडित

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

                                                                                                                   फायल तस्वीर

झापा । झापामा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका तीन सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।  चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका  परिवार सरकारी राहतको पर्खाइमा रहेका हुन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई  ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको  १० लाख, तीन जना घाइतेका लागि  पाँच लाख ८० हजार नौ सय ४०, चौपाया एक बराबर  १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि  १४ लाख ८२ हजार पाँच सय, भण्डारण गरिएको अन्न क्षति बराबर ६ लाख ३९ हजार ६ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर  २१ लाख १५ हजार नौ सय रहेको छ ।

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मृतक चार जनाको  ४० लाख, घाइते तीन जनाका लागि  दुई लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि पाँच लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न  दुई लाख ५२ हजार सात सय र बालीनाली  १३ लाख ८७ हजार नौ सय गरी  ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै