मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोड नगरपालिकाको ३ करोड ३५ लाखभन्दा बढी बजेट फ्रिज

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / विर्तामोड नगरपालिकाको चालु आर्थिक वर्ष २०८१–८२ मा ३ करोड ३५ लाखभन्दा बढी बजेट फिर्ता भएको छ ।

संघीय र प्रदेशबाट आएको ३ करोड ३५ लाख १३ हजार ९८७ रुपैयाँ बजेट फिर्ता भएको हो । नगरपालिकाले प्रदेशको बजेट प्रायः अधिकांश खर्च गरेको छ भने संघीय बजेट केही फिर्ता गएको हो ।

संघीय बजेट ६३ करोड ८८ लाख ८८ हजार रुपैयाँ छुट्टिएकोमा ५४ करोड ६ लाख ४० हजार ३५९ रुपैयाँ निकासा भएको थियो । त्यसमध्ये ३ करोड २३ लाख ९३ हजार ५१६ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो । बुट्टावारी– प्याकुरेल सडकको १ करोड ७२ लाख , विराटपोखरी पर्यटकीय प्रवर्द्धनको ३९ लाख , सुन्दर सामुदायिक भवनको डीपीआरको लागि आएको ५० लाख रुपैयाँ फ्रिज भएको हो ।

त्यस्तै प्रदेशको ११लाख २० हजार ४७१ रुपैयाँ बजेट फिर्ता भएको छ । काली मन्दिर स्तरोन्नति बिर्तामोड १ को ५ लाख , स्थानीय तहको साझेदारीमा बाल कल्याण गृहमा आश्रित बालबालिकाका लागि संस्थागत अनुदानको २ लाख रुपैयाँ फ्रिज भएको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।

यस वर्ष अधिकांश योजनालाई समयमै पूरा गरी धेरै बजेट फ्रिज हुनबाट जोगाएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए । उनले केही योजना शुरु नै गर्न नपाई बजेट फिर्ता गएको र धेरै योजना कम रकममा ठेक्का लगाई बजेट उबारेर फिर्ता पठाएको जानकारी दिए ।

चालु आवमा बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ४४ करोड ५५ लाख ७८ हजार ५४७ रुपैयाँको थियो । त्यसमध्ये १ अर्ब १६ करोड ४० लाख ६१ हजार ५३१ रुपैयाँ अर्थात ८०.५२ प्रतिशत खर्च भएको हो । बजेटमा चालुतर्फ ५८ करोड ३ लाख ४६ हजार ८९४ रुपैयाँ अर्थात ८७.३३ प्रतिशत र पुँजीगततर्फ ५८ करोड ३७ लाख १४ हजार ६३८ रुपैयाँ अर्थात ७४.७३ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार