मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

झापा लिग तथा नकआउटः शिवसताक्षी र अर्जुनधाराले अंक बाँडे, झापा विजयी

देश प्रदेश डेस्क 5094+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

झापा झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् ।

आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोल मा सकिएको थियो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एकएक अंक जोडेका छन् ।

खेलको ४९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गरे । तर, खेलको ५९ औँ मिनेटमा शिवसताक्षीका हेमन लिम्बूले गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मोगाहाङ थोप्रा, सौजन्यकर्ता नितेश बर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हरायो ।

झापा गाउँपालिकाको तर्फबाट खेलको ६९ औँ मिनेटमा मर्गुस किस्कूूले गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच झापाका मर्गुस किस्कू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापाका प्रमुख दुर्गाराज रेग्मी, र सौजन्यकर्ता दयाराज शर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार