झापा / सप्तकाेशीकाे सहायक तमाेर नदीकाे जलसतहले सतर्कता तह पार गरेकाे छ । पाँचथर जिल्ला भएर बग्ने साे नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गर्दै सबैलाई सतर्कता अपनाउन जानकारी गराएकाे हाे ।
विभागले नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार, पाँचथरस्थित माझीटार जलमापन केन्द्रमा आज बिहान ०६:४० बजे गरिएको मापनमा तमोर नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकोले बाढी, कटान र डुबानको जोखिम बढेको विभागले जनाएको छ ।