मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

रसुवागढी–स्याफ्रुबेसी सडक शुक्रबारभित्र खुलाउने तयारी

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

झापा / चीनतर्फबाट भाेटेकाेशीमा आएकाे बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा शुक्रबार सम्म गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ ।

सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए ।

‘स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो छ । त्यहाँ रक कटिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।

रसुवागढी–स्याफ्रुबेसी खण्डमा यो सबैभन्दा अप्ठ्यारो ठाउँ ठानिएको छ । ‘हाइटमा पनि छ, मुनि खोला पनि छ । सिधै भर्टिकल डाँडा भएकाले अप्ठ्यारो छ,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ छिचोलियो भने लगभग ट्राफिक ओपन गर्न सकिने अवस्था हुन्छ ।’

त्यहाँ ट्र्याक खुलाउन ब्रेकर, बकेट लगायतका साना–ठूला चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको उनले जानकारी दिए । ‘मौसमले साथ दियो भने र अरु प्राविधिक जटिलता आएन भने शुक्रबार नै रसुवागढी–स्याफ्रुबेसी सडक खुल्नसक्छ,’ उनले भने ।

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार