मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

दोस्रो भद्रपुर झापा गोल्डकप आगामी फागुन ७ गतेखि सञ्चालन हुने

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

झापा दोस्रो भद्रपुर झापा गोल्डकप आगामी फागुन ७ गतेखि सञ्चालन हुने  भएको छ ।
आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आइतबार सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुनमा भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने र त्यसका लागि सम्बद्ध सबै पक्ष जुट्न आह्वान गरेको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

२०७९ मा पहिलो संस्करणमा निकै ठूलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।

झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकपमा नेपाल र सार्क मुलुकहरुका उत्कृष्ट टिमहरुको सहभागिता गराउन अधिकतम प्रयास गरिने अध्यक्ष ढकालले बताए ।     गाेल्ड कप सञ्चालनका लागि अनुमानित  खर्चकाे बजेट निर्माण भने बनिनसकेकाे जनाइएकाे छ । पहिलाे संस्करणमा  २ कराेड ५० लाख खर्च भएकाे  समितिले जनाएकाे थियाे । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार