मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति माग गर्दै प्रशासन घेराउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२९ माघ २०८२, बुधवार

झापा / रामेछापमा यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति माग गर्दै बुधबार दिनभर सडक बन्द गरेका छन्। साँझ जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी भएपछि स्थिति तनावपूर्ण बनेको छ।

स्थिति नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। प्रशासन कार्यालयभित्र सर्वदलीय बैठक जारी रहे पनि पीडित पक्षको माग सम्बोधन हुन सकेको छैन।

पीडितहरूले यातायात समितिका पदाधिकारी वार्तामा आउनुपर्ने, रोजगारी र बालबालिकाको शिक्षाको जिम्मेवारी, घाइतेको उपचार तथा बेपत्ताको खोजी गर्नुपर्ने माग राखेका छन्। समितिले कानुनअनुसार ५ लाख क्षतिपूर्ति र ३० हजार क्रियाखर्चको प्रस्ताव गरे पनि परिवारले अस्वीकार गरेका छन्।

दुर्घटनामा तीन जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ भने खोजी कार्य जारी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार