झापा । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा
डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि
यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै
दसैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।
बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले
बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।
यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका
प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले भने, ‘बिगतका वर्षहरुका
तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ । बससेवा मार्फत अहिले दैनिक ४०
हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’
यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न
सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५
जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ । बससेवाले
पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ । यो सँगै पोखराबाट
काठमाडौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ ।
बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने
उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा
करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।