मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

करेन्ट लागेर झापाको बिर्तामोडमा एक व्यक्तिको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापाको बिर्तामोड नगरपालिका–१० स्थित पथरभिट्टामा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ५३ वर्षीय पुष्प पोखरेल आफ्नै नयाँ निर्माणाधीन घरमा मोटर जडान गरी पानी हाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटना लगत्तै निजकै छिमेकी भवानी घिमिरेले पोखरेललाई राति करिब ८:४० बजे बिएण्डसी अस्पताल बिर्तामोड ल्याएका थिए। तर उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।

प्राप्त जानकारी अनुसार, मृतक पुष्प पोखरेल घरमा एक्लै बस्दै आएका थिए, भने उनका परिवार सदस्यहरू पाँचथर जिल्लामा बसोबास गर्दै आएका छन्।

हाल शव बिएण्डसी अस्पतालमै राखिएको छ। घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन मिति २०८२।०३।३० गते इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार