मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भए पनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए । 

नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ‘एक घर, एक फिल्टर’ निर्माण गर्ने गरी फिल्टर निःशुल्क वितरण गरिएको सो वडाका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए । अब २६ घर सर्वसाधारणले प्रशोधन गरिएको स्वच्छ पानी पिउन पाउने भएका छन् । 

गाउँभन्दा करिब ८०० मिटर टाढा धामीखोलाबाट गाउँमा पाइपमार्फत ल्याइएको पानी दूषित भएपछि स्थानीयले नगरपालिकासँग फिल्टर माग गरेका थिए ।खोलामा बगेको पानी अत्यन्तै दूषित पाइएकाले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजनाअनुसार फिल्टर वितरण गरिएको नगरप्रमुख विमला राईले बताए । उनले भने, “दूषित पानी उपभोगले स्थानीयलाई विभिन्न प्रकारका रोगहरूसमेत लाग्ने गरेको थियो । अब कम्तीमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।” 

यहाँस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै