मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |
मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |


भद्रपुरकाे पृथ्वीनगर खानेपानी आयोजना पुनः सञ्चालनमा आउने

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

जापा / झापाकाे भद्रपुर नगरपालिका २ साेमबारेमा रहेकाे पृथ्वीनगर खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएको छ ।

पानीमा आइरनको मात्रा बढी भई खान अयोग्य ठहर भएको कारणले ३० वर्षदेखि बन्द रहेको साे खानेपानी उपभोक्ता समितिले निर्माण गरेको सम्पूर्ण संरचना नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थानलाई हस्तान्तर गरेसँगै लामो समयदेखि बन्द रहेको खानेपानी आयोजना पुनः सञ्चालनमा आउने भएकाे हाे ।

नेपाल खानेपानी संस्थान भद्रपुरको आयोजनामा मंगलबार एक कार्यक्रम बीच खानेपानी मन्त्री प्रदीप यादवले पृथ्वीनगर खानेपानी आयोजना बुझ्दै समुद्घाटन गरेका हुन् । खानेपानी उपभोक्ता समितिका सचिव पृथ्वीनारायण कार्कीले खानेपानी मन्त्री यादवलाई आयोजना हस्तान्तरण गरेका थिए । 
कार्यक्रममा बोल्दै मन्त्री यादवले बर्षौै देखि खानेपानीको पहुँचबाट वञ्चित रहेका पृथ्वीनगरबासीको घर–घरमै स्वच्छ र शुद्ध खानेपानी पुग्नेमा आफू विश्वस्त रहेको  बताएका छन् । उनले भने,  "यो आयोजना लामो समयदेखि बन्द रहेकोले यसको मर्मत सम्भारका लागि बजेट छुट्टाइसकेकोले आगामी आर्थिक वर्षभित्रै खानेपानी सञ्चालनमा आउने छ । तपाईंहरु ढुक्क हुनुहाेस्" ।

पृथ्वीनगरबासी नभई झापामा यस्ता अलपत्र तथा बन्द रहेका आयोजनाहरूलाई तत्काल सुचारु गरि जनतालाई खानेपानीको पहुँचमा पुर्याउने उनको भनाई छ । 
तराई मधेसको जमिन मुनिको पहिलो लियरको पानी सुक्दै गएको छ । चापाकलमा पानी आउन छाडिसकेको छ । यो समस्या पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म छ । पानीको समस्यालाई दीर्घकालीन रुपमा कसरी समाधान गर्न भनी हामी लागि परेको बताउँदै उनले भने, ‘पैसाको अभावले बन्द रहेका यस्ता आयोजनाहरू सरकारकै स्वामित्वमा लिई पुनः सञ्चालन गर्दै जनतालाई खानेपानी दिलाउने छौँ ।’

साबिक पृथ्वीनगर गाविसका बासिन्दालाई शुद्ध र स्वच्छ पानी खुवाउने उद्देश्यले त्यहाँका स्थानीयले २०४३/०४४ सालमा पृथ्वीनगर खानेपानी उपभोक्ता समिति गठन गरी २०४८/०४९ सालमा निर्माण सम्पन्न गरेको थियो । २०५० सालमा दुई सय घरधुरीमा धारा जडान गरि खानेपानी वितरण गरेपनि पानीमा आइरनको मात्रा अत्यधिक देखिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै समितिले २०५२ सालदेखि सेवा नै बन्द गर्नुपर्ने परेको समितिका सचिव पृथ्वीनारायण कार्कीले बताए । पानीमा समस्यामा आएपछि सरकारी प्राविधिकहरू आएर यो पानीलाई फिल्टर राखेर पिउन सकिन्छ भनेर गएको बताउँदै सचिव कार्कीले भने, ‘त्यसपछि फिल्टर राख्ने र भवनहरू बनाउने कामहरू पनि गरियो, तर बजेट अभावका कारण आयोजनालाई निरन्तरता दिन सकिएन र समिति असफल भयो ।’ 
‘बन्द रहेको खानेपानी आयोजनालाई पुनः सञ्चालनको लागि एउटै विकल्प थियो, त्यो हो नेपाल सरकारलाई हस्तान्तरण,’ उनले भने । 
यस आयोजनाबाट भद्रपुरका १, २ र ३ को केही भागका स्थानीय लाभान्वित हुने संस्थानका कर्मचारी राजु बस्नेतले बताए । उनका अनुसार यो आयोजना सञ्चालन पश्चात् वडा नम्बर १ को एक हजार ३२२ घरधुरीका ५ हजार ५७३ जनसङ्ख्या, वडा २ को एक हजार ६६८ घरधुरीका ६ हजार ९१९ जनसङ्ख्या र वडा ३ को तीन सय घरधुरीका एक हजार २०० जनसङ्ख्या लाभान्वित हुनेछ । 
४ लाख ५० हजार क्षमता भएको एउटा ओभर हेड टैकी, दुई वटा डिप ट्युबवेलमध्ये एउटा काम नलाग्ने र पुरानो पाइपलाइन काम नलाग्ने उनले बताए । 
चालु आर्थिक वर्षको असार मसान्त अघि विद्युतिकरण, बेल सञ्चालन भई पानी फिल्टर गरी ओभर हेड टैकीमा कनेक्सन, फिल्टर प्लान्टको मर्मत सम्भार र एक हजार मिटर पाइपलाइन विस्तार गरिने छ । आगामी आर्थिक वर्षमा १० हजार पाइपलाइन विस्तार गरी ५०० देखि ७०० घरधुरीलाई पानी धारामा पुर्याउने लक्ष्य रहेको जनाइएको छ ।  भद्रपुर २ नम्बर वडा अध्यक्ष राम कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा. ढुण्डिराज भट्टराई, महाप्रबन्धक अर्जुनबाबु ढकाल, भद्रपुर १ नम्बर वडा अध्यक्ष रामकुमार अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

फाेटाे पार्थ मण्डल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार