मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

नोटसहित भारतीय नागरिक सार्वजनिक

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

झापा सुनसरीको इनरुवाबाट दुई करोड मूल्य बराबरको नेपाली नक्कली नोटसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरी खोला पुल नजिकबाट भारत विहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका थिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको सुनसरी प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुन सक्ने आशङ्का जनाएको छ । 

इटहरीबाट समेत प्रहरीले यसअघि ठूलो परिमाणको नक्कली नोट बरामद गरेको र पुनः सोही प्रकृतिसँग मिल्दो घटनाक्रम दोहोरिएकाले कारोबारी समूहमा गिरोहकै संलग्नता हुनसक्ने एसपी विपिन रेग्मीको भनाइ छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक स्कारपियो चालक हुन् । प्रहरीसहितको चेकिङ देखेर स्कारपियोमा सवार अर्का व्यक्ति भने फरार भएको प्रहरीको भनाइ छ । फरार व्यक्तिको खोजी भैरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारेको विषय भने अनुसन्धानकै क्रममा रहेको डिएसपी नवीनकृष्ण भण्डारीले बताए ।

नक्कली नोटको ओसार–पसारमा प्रयोग भएको गाडी र सवारी चालक भारतीय भएकाले कारोबारीको संलग्नता सीमापारिबाट समेत हुनसक्ने विषयलाई भने नकार्न नसकिने प्रहरीको भनाइ छ ।

बरामद नक्कली नोट पुराना तथा नयाँ भण्डारणपश्चात् ब्यागमा हालेर गन्तव्यमा पुर्याउन खोजिएको प्रहरीको अनुमान छ । प्रहरीले उक्त नक्कली नोट इटहरीको बजारमा लैजान खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । पक्राउ परेका व्यक्तिको हकमा म्याद थप गरी थप अनुसन्धानको प्रक्रिया जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार