मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

पूर्व प्रहरी सङ्गठन भद्रपुर नगरमा अम्विका कउए

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

भद्रपुर(ब्लाष्ट)नेपाल पूर्व प्रहरी सङ्गठन भद्रपुर नगरको तीन वर्षे कार्यकालका लागि अम्विका पोखरेलको अध्यक्षमा पन्ध्र सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको छ । सङ्गठनले शनिबार भद्रपुरमा आयोजना गरेको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाले समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र सुवेदी, उपाध्यक्षमा माया तामाङ् भट्टराई, सचिवमा राजकुमार थापा, सहसचिवमा वालकृष्ण तिम्सिना, कोषाध्यक्षमा ललनप्रसाद यादव र सहकोषाध्यक्षमा कौशिला सिञ्जाली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शान्ती थेवे, केशवराज कटवाल, अभिकेशर चौलागाँई, राजु क्षेत्री, कृष्णकुमार प्रधान, सुधिर ठाकुर र वौधमान खड्का रहेका छन् । बाँकी एकजना सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाएको छ ।
सभाले रुद्र चुडालको संयोजकमा पदमबहादुर अधिकारी, इन्द्र बहादुर वानियाँ, सोमहरी तिम्सिना र लक्ष्मी नेम्वाङ रहनेगरी आर्थिक र डिगबहादुर वुढाथोकी संयोजक रहने गरी कानुनी परामर्श समिति चयन गरेको छ ।
त्यसैगरी, धनप्रसाद सिवाकोटीको संयोजकमा नारायणप्रसाद ढकाल, इन्द्रप्रसाद भट्टराई, भुपालमान कार्की र रमा चुडाल अधिकारी सदस्य रहनेगरी सल्लाहकार समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक डिगबहादुर बुढाथोकीले घोषणा गरेका थिए ।
जेष्ठ सदस्य अविरबहादुर मुखियाको अध्यक्षतामा भएको बन्द सत्रले डिगबहादुर वुढाथोकीको संयोजकमा नारायणप्रसाद ढकाल र रमेश पराजुली सदस्य रहनेगरी निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित समिति तथा उपसमितिलाई संयोजक वुढाथोकीले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले सवैको साथ र सहयोगको अपेक्षासहित स्वीकारोत्ति मन्तव्य राखेका थिए ।
नगर अध्यक्ष ढाकालाल अधिकारीको सभापतित्व एवम जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साङ्गठानिक ,आर्थिक र राहत कोष प्रतिवेदन प्रस्तुत् गरिएको थियो ।
कार्यक्रममा अविरबहादुर मुखिया र सुनमाया थापालाई सङ्गठनको जेष्ठ सदस्य सम्मान साथै  सङ्गठनमा आर्थिक सहयोग गरेवापत इन्द्रबहादुर वानियाँलाइ दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
उपाध्यक्ष पदम अधिकारीले स्वागत तथा सचिव केदार बहादुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष अभिचन्द्र रिजाल, कानुनी सल्लाहकार संयोजक शमरबिक्रम राई, पूर्व जिल्ला अध्यक्ष खेमकुमार कार्की, मेचीनगर अध्यक्ष अमिन अलि शेक, कचनकवल अध्यक्ष देउमान वुढाथोकी, निवृत्त राष्ट्रसेवा भद्रपुर सचिव खड्गबहादुर वुढाथोकी, कानुनी सल्लाहकार सदस्य डिगबहादुर वुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर नगरक्षेत्रमा २ सय एक जना सदस्य रहेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार