मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१० अशोज २०८३, शनिबार

गलगलिया र पाठामारीका थानाध्यक्षलाई निलम्बन गरेका किशनगंजका प्रहरी अधीक्षक सन्तोष कुमारले कोरोबारीका अपर थानाध्यक्षलाई पनि निलम्बन गरेका छन् ।

कोरोबारी थानाका प्रहरी अधिकृत प्रमोदकुमार यादवलाई व्यक्तिगत फाइदाका लागि अवैध काममा संलग्न व्यक्तिहरूसँग मिलेर मोटरसाइकल, पिकअप र ट्रयाक्टर जस्ता सवारी साधन छुटाउने आरोपमा निलम्बन गरिएको हो । अनुसन्धान रिपोर्टका आधारमा किशनगंजका प्रहरी अधीक्षकले आफ्नो कर्तव्यप्रति ठूलो बेवास्ता, अवैध गतिविधिमा संलग्नता, शंकास्पद व्यवहार,नैतिक कमजोरी,स्वेच्छाचारिता,घूसखोरी, अवैध रकम असुलीको आरोपमा प्रमोदकुमार यादवलाई तत्काल निलम्बन गरेका हुन्।

किशनगञ्ज प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उनीमाथि कर्तव्यमा गम्भीर लापरवाही, अवैध गतिविधिमा संलग्न व्यक्तिसँग मिलेर सवारी छोड्ने र संदिग्ध व्यवहारसमेतका धेरै गम्भीर आरोप लगाइएको छ।

प्रहरीका अनुसार, ५ सेप्टेम्बर राति लोहागाडा चोकबाट बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा नगरी छोडिएको थियो।

त्यसपछि १३ सेप्टेम्बरमा पक्राउ परेको अवैध मल लोड भएको पिकअप सवारीलाई वरिष्ठ अधिकारीलाई जानकारी नदिइ छोडिएको थियो ।

त्यस्तै २३ सेप्टेम्बरमा लक्ष्मीपुर नदीमा अवैध उत्खनन्‌का क्रममा फसेको बालुवा लोड ट्रयाक्टरलाई कानुनी कारवाही नगरी छोडिएको थियो ।

करिव दश दिनको अवधिमा प्रहरी अधीक्षक सन्तोष कुमारले झापासंग सीमा जोडिएका भारतीय प्रहरी कार्यालयका तीनजना कार्यालय प्रमुखलाई निलम्बन गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै