झापा / झापाको भद्रपुर १० मा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
चन्द्रगढीमा शनिबार संस्थाको अध्यक्ष कृष्ण बाँस्तोलाको सभापतित्वमा तथा पञ्चराम मरिकको प्रमुख अतिथ्यमा सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष बाल संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले हासिल गरेका उपलब्धि तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।