झापा । स्वर्गद्धारी कृषि सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्व तथा संस्थाका जेष्ठ शेयर सदस्य दधिराम मैनालीको प्रमुख आतिथ्यमा शुक्रबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रममा संस्थाका अध्यक्ष थापाले साङ्गठानिक र लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष ०८२/८३ मा ४४ लाख ६६ हजार ८ सय ३५ रुपैयाँको कारोबार प्रतिवेदन मार्फत उल्लेख गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट उद्यमीतर्फ गिरिस अग्रवाल र दिपा श्रेष्ठलाइ सम्मान गरिएको थियो भने जमुना पौडेल र विशाखा थापा क्षेत्रीलाइ उत्कृष्ट बचतकर्ता तर्फ सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रस्तुत प्रतिवेदन वहुमतले पारित गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक देवी प्रसाद दाहल र सदस्य प्रकाश दाहालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव गुणबहादुर अधिकारीले गरेका थिए ।
वि.सं.२०६९ चैत्र १२ गते २७ जना सदस्यबाट सुसरु भएको संस्थामा हाल ४५८ महिला , ४७० पुरुष र अन्य १० समेत गरी ९३८ जना शेयर सदस्यको कुल पुँजी ६२ लाख ६० हजार ३ सय रुपैयाँ रहेको संस्थाले जनाएको छ ।