मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

चिकित्सकमाथि आक्रमण गर्ने दुईजना भद्रपुरबाट पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

झापा मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई भद्रपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरी रहेका छन् ।

प्रहरीले श्रेष्ठ र गिरीलाई भद्रपुर ४ बाट बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीनजनाविरुद्ध उजुरी दर्ता छ । घटनामा संलग्न अर्का एकजना सानु रोक्का फरार छन् ।

उनीहरुले अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे १ का २५ वर्षीय डक्टर ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ ।

जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डक्टर बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको बताइएको छ ।

उनीहरुले डक्टर बुढाथोकीमाथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।

त्यसैगरी, जेठ ७ गते आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डक्टर अनिल यादवलाई आक्रमण गरेको बताएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरिनुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनअन्तर्गत बुधबार अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका थिए । चिकित्सक कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेकाले चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार