मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गर्छु : प्रधानमन्त्री प्रचण्ड

देश प्रदेश डेस्क 5164+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीलाई आवश्यक कारबाही गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ युवाको प्रहरीको गोलीबाट हत्या भएको विषयमा छानबिन समितिले आफूलाई अध्ययन प्रतिवेदन बुझाएको बताएका छन् । 

सो प्रतिवेदन आफूले अध्ययन गरिनसकेको बताउँदै उनले अध्ययनपछि आवश्यक कारबाही गर्ने बताए । 

उनले भने– ‘बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएर तत्काल त्यसमा संलग्नहरूलाई निलम्बन गर्ने, छानबिन प्रक्रिया अगाडि बढाउने, मृतकका परिवारलाई १० लाख दिएर मात्र सरकार बसेको छैन, मेरै प्रस्तावमा छानबिन समिति बनाएको हो । छानबिन समितिले बनाएको प्रतिवेदन गृह मन्त्रालयबाट भर्खर मेरो हातमा परेको छ, त्यसलाई मैले हेर्न पाएको छैन, त्यसको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ, म विश्वास दिलाउन चाहन्छु । सरकारले १० लाख दिएर चुप लागेर बस्यो भन्नु ठिक होइन ।’

प्रचण्डले रोजगारीको निम्ति विदेश जान आएका दुई युवाको हत्यालाई गम्भीर रूपले लिएर उनका परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको जानकारी गराए । संसदमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै उनलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार