मुख्य समाचार
शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक |
मुख्य समाचार
शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक |


जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि

भेषराज नेपाल 138+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

झापा / जसको विगत विवादै–विवादमा छ, उनीहरू नै जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित स्मृति सभाका अतिथि बनेपछि कार्यक्रमको अतिथि छनोटमाथि प्रश्न उठेको छ। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित स्मृति सभामा विगतमा विभिन्न ठगी तथा आपराधिक विवादमा नाम जोडिएका धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्य अतिथिका रूपमा मञ्चमा देखिएका हुन्।

जेनजी आन्दोलनले राजनीतिक तथा सामाजिक विकृति, भ्रष्टाचार, बेथिति र जवाफदेहिताको माग उठाएको थियो। त्यही आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आयोजना गरिएको कार्यक्रममा विवादित पृष्ठभूमिका व्यक्तिहरूलाई मञ्चमा स्थान दिइएपछि आयोजकको निर्णयमाथि सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म प्रश्न उठ्न थालेको छ।

विजय भण्डारीको विवादित विगत

विजय भण्डारीको विगतमा ठगीसम्बन्धी विवाद मात्रै होइन, अदालतसम्म पुगेको मुद्दासमेत छ। आफूलाई धार्मिक गुरुका रूपमा प्रस्तुत गर्दै आएका भण्डारीविरुद्ध ठगीसम्बन्धी मुद्दा करिब पाँच वर्ष सर्वोच्च अदालतमा विचाराधीन रहेको थियो।

उक्त मुद्दा ११ कात्तिक २०८१ मा सर्वोच्च अदालतमा मिलापत्रमार्फत टुंगिएको थियो। भण्डारीले पीडितलाई रकम फिर्ता गर्न तयार भएपछि मिलापत्रको वातावरण बनेको थियो। एक सरकारी वकिलले संशोधित कानुनी व्यवस्थाअनुसार पीडितले पाउनुपर्ने रकम फिर्ता पाएमा ठगी मुद्दामा मिलापत्र गर्न सकिने व्यवस्था रहेको बताएका थिए।

अर्थात्, मुद्दा सामान्य रूपमा अदालतबाट आरोप प्रमाणित वा अप्रमाणित भएको फैसलाबाट टुंगिएको होइन; पीडितलाई रकम फिर्ता गर्ने सहमतिसहित मिलापत्र भएको देखिन्छ। यही कारण भण्डारीको विगतबारे प्रश्न उठाउने आधार अझै बाँकी रहेको हो।

उनीमाथि यसअघि पनि धार्मिक कार्यक्रम तथा संस्थाको आवरणमा रकम उठाएको आरोप लागेको थियो। वैदेशिक रोजगारसम्बन्धी कसुरमा समेत उनी कानुनी कारबाहीमा परेको विवरण सार्वजनिक छन्।

मुद्दा मिलापत्रमा टुंगिए पनि त्यसले विगतमा भएको विवाद वा अदालतमा मुद्दा चलेको तथ्य मेटाउँदैन। बरु प्रश्न यो हो, यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई जेनजी शहीदको स्मृति सभामा विशिष्ट अतिथिका रूपमा राख्दा आयोजकले उनको विगतबारे विचार गर्‍यो कि गरेन ?

श्रीनिवास आचार्य पनि विवादबाट अछुतो छैनन्

अर्का धर्मगुरु श्रीनिवास आचार्यको सार्वजनिक छवि पनि विवादरहित छैन। २०७५ सालमा आफूमाथि गोली प्रहार गराउने घटना प्रकरणमा उनी पक्राउ परेका थिए। उक्त घटनामा धार्मिक तथा साम्प्रदायिक तनाव सिर्जना गर्ने उद्देश्य रहेको आरोप लगाइएको थियो।

त्यसपछि पनि आचार्य विभिन्न अभिव्यक्ति र गतिविधिका कारण कानुनी विवादमा परे। गौहत्यासम्बन्धी विवादास्पद अभिव्यक्तिपछि पक्राउ परेको घटनादेखि राजनीतिक प्रदर्शनका क्रममा उग्र अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकोसम्मका घटना उनको नामसँग जोडिएका छन्।

जेनजीको मञ्चमा यस्तो छनोट किन ?

जेनजी आन्दोलनको मुख्य सन्देश नै पुरानो शैलीको शासन, बेथिति र जवाफदेहिताको अभावविरुद्ध थियो। त्यसैले शहीदहरूको सम्झनामा आयोजना गरिएको कार्यक्रममा कसलाई अतिथि बनाउने भन्ने विषय सामान्य औपचारिकताको विषय मात्रै होइन।

विगतमा कानुनी विवाद र सार्वजनिक आलोचनामा परेका व्यक्तिहरूलाई मञ्चको अग्रभागमा अतिथिका रूपमा राखिएपछि ‘जेनजीले खोजेको परिवर्तनको मापदण्ड के हो ? भन्ने प्रश्न उठेको छ।

शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा राजनीतिक तथा सामाजिक रूपमा विवादित व्यक्तिको उपस्थिति आफैंमा अपराधको प्रमाण भने होइन। तर आयोजकले अतिथि छनोट गर्दा उनीहरूको विगत, सार्वजनिक छवि र कार्यक्रमको मूल उद्देश्यबीचको सम्बन्धबारे सोच्नुपर्ने आवाज उठेको छ।

आखिर जेनजीका नाममा नयाँ राजनीतिक संस्कार र जवाफदेहिताको खोजी भइरहेको हो भने स्मृति सभाको मञ्चमा पनि त्यही मापदण्ड लागू हुनुपर्ने होइन र ? आयोजकको अतिथि छनोटले भने यही प्रश्नलाई थप बल दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै