मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

अर्जुनधाराका आङ्देम्बे कटुवा पेस्तोलसहित पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

झापा घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाइ राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं.४ दहिझोडा बस्ने बर्ष अन्दाजी ६२ का इन्द्रबहादुर आङ्देम्बे रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे उनको घरको खानतलासी लिएको थियो । त्यसक्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानोभित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो । पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्लाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

भारतसंग खुल्ला सिमाना भएको झापामा अवैध हातहतियारको अवस्था भयावह देखिएको छ ।
भारतीय क्षेत्रबाट अवैध तरिकाले भित्रिने हतियार चुनौती बनेको प्रहरीको भनाई छ । झापामा लगातार अवैध हतियार बरामद हुँदै आएको छ ।

यसअघि गत साताको शनिबार राति भरुवा बन्दुक र चोरीका सामानसहित अर्जुनधारामा ३ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बू, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेका छन् ।

त्यसको पर्सिपल्ट सोमवार दमकमा पेस्तोल र म्याग्जिनसहित दमक नगरपालिका– ८ निवासी ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै