मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा   श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  भारतीय नागरिकहरु वैशालीको हाजिपुर नगर ठेगाना भएका ३४  वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार रहेकाे सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले जनाएकाे छ ।

उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको  शसस्त्रको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका एसपी विनोद केसीले जानकारी दिए ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद गरेको एसपी केसीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि आवश्‍यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको   उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार