मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

झापाकाे बाह्रदशीमा प्रहरीद्वारा ३६२ वटा गाँजाका बोट फडानी

देश प्रदेश डेस्क 5421+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

झापा / झापाकाे बाह्रदशी गाउँपालिका भित्र स्थानीयले खेतीका रुपमा लगाएका ३६२ गाँजाका बाेट नस्ट गरेकाे छ ।

प्रहरीले हिजो र अस्ति गरी दुई दिनमा ३६२ वटा बोट फडानी गरी नष्ट पारेको छ । बुधवार २१२ वटा बोट फाडेको प्रहरीले हिजो थप १५० वटा बोट फडानी गरी नष्ट गरेको हो । हिजो दिउँसो ३.३० बजे बाह्रदशी –२ चैतनवारी राजवंशी टोलमा रोपिएका १५० वटा गाँजाको बोट प्रहरीले फडानी गरेको हो ।

विभिन्न व्यक्तिहरुले आँगन र खेतवारीमा गाँजा खेती गरेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी नायव निरीक्षक दिवसकुमार कार्कीको कमाण्डमा ५ जना र सशस्त्र प्रहरी बल भागुडुब्बाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुभाष अधिकारीको कमाण्डमा ४जनाको संयुक्त टोली खटिएको थियो । सो टोलीले ६ जनाको घरबाट १५० वटा बोट फडानी गरेको जनाइएको छ । अब बाह्रदशीमा गाँजाको बोट नरहेको प्रहरी नायव निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार