मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

इलामका थेगिमकाे मृत्युमा प्रहरीकाे लापारबाही भएकाे आरोप

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापा  ।  बिर्तामोडमा इलामका एक व्यक्तिको  शंकास्पद मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको उद्धार तथा जिम्मेवारी निर्वाहको कार्यशैलीमाथि प्रश्न उठेको छ। इलामको फाकफोकथुम गाउँपालिका–३ का रामकुमार थेगिम उपचारका लागि झापा आएका थिए । घाइते र अस्वस्थ अवस्थामा फेला परेका व्यक्तिलाई तत्काल उपचारको व्यवस्था नगरिएको आरोपबीच घटनाले स्थानीय तहमा व्यापक चासो र बहस सिर्जना गरेको छ।  उनी जेठ १५ गते साँझ बिर्तामोडस्थित ग्रिनफिल्ड स्कुल आसपासबाट सम्पर्कविहीन बनेका थिए। आफन्तले रातभर खोजी गर्दा पनि फेला पार्न नसकेपछि जेठ १६ गते इलाका प्रहरी कार्यालय अनारमनीमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए।

आफन्तले निवेदन दिएको केही घण्टापछि बिर्तामोड–५ को महानन्द चोक क्षेत्रमा स्थानीयले थेगिमलाई फेला पारेका थिए। स्थानीयका अनुसार भेटिँदा उनको हात बाँधिएको थियो भने शरीर तथा भेष्टमा रगतजस्ता देखिने दाग थिए।

स्थानीयवासीका अनुसार प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो। तर थेगिमको स्वास्थ्य अवस्था गम्भीर देखिए पनि तत्काल अस्पताल पुर्‍याउने वा परिवारको जिम्मा लगाउने पहल नगरेको आरोप स्थानीयले लगाएका छन्।

एक प्रत्यक्षदर्शीले भने, “उहाँको अवस्था सामान्य थिएन। हात बाँधिएको थियो। प्रहरीले आएर हात खोलिदियो तर अस्पताल लैजाने वा आफन्तसँग समन्वय गर्ने काम भएन।”

घटनापछि थेगिमको मृत्यु भएको पुष्टि भएपछि आफन्तले समयमै उपचार र आवश्यक संरक्षणको व्यवस्था भएको भए ज्यान जोगिन सक्ने दाबी गरेका छन्। उनीहरूले प्रहरीको लापरबाहीका कारण घटना दुखद परिणतिमा पुगेको आरोप लगाएका छन्।

यता इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सन्तोष पाठकले महानन्द चोकमा भेटिएका व्यक्ति र पछि मृत अवस्थामा फेला परेका व्यक्ति एउटै भएको पुष्टि गरे।

उनका अनुसार प्रहरीको क्युआरटी टोलीले थेगिमलाई अर्धचेत अवस्थामा भेटेको थियो। “उहाँले आफू भान्जीको घर जान सक्ने बताउनुभएको थियो। त्यसैले टोलीले त्यही आधारमा छाडेको हो। पछि मृत व्यक्तिको हुलिया मिलान गर्दा उहाँ नै भएको खुलेको हो,” पाठकले भने।

प्रहरीले थेगिमले मदिरा सेवन गरेको र अर्धचेत अवस्थामा रहेको प्रारम्भिक जानकारी दिएको छ। प्रहरीका अनुसार शरीर र कपडामा देखिएको फोहोर दिसापिसाबका कारण हुन सक्ने अनुमान गरिएको छ।

तर, हराएको व्यक्तिबारे निवेदन दर्ता भइसकेको अवस्थामा घाइते र असहज अवस्थामा भेटिएका व्यक्तिलाई उपचार तथा सुरक्षा व्यवस्थामा लैजानुपर्ने दायित्व पूरा भए नभएको विषयमा प्रश्न उठिरहेका छन्। मानव अधिकारकर्मी र स्थानीयले समेत घटनाको निष्पक्ष छानबिन गरी प्रहरीको भूमिकाबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्।

घटनाको वास्तविक कारण र मृत्युको परिस्थितिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तर, हात बाँधिएको अवस्थामा भेटिएका व्यक्ति केही समयपछि मृत फेला परेको घटनाले प्रहरीको मानवीय संवेदनशीलता, उद्धार तत्परता र जिम्मेवारीबारे गम्भीर बहस भने जन्माएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार